Butwal Today

लेबनानमा १० लाख भन्दा बढी विस्थापित: राष्ट्रसङ्घ

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश लाख भन्दा बढी मानिसहरू विस्थापित रहेको जनाएका छन् ।  एक लाख २६ हजार मानिसहरूलाई देश भरका ६०० भन्दा बढी सामूहिक आश्रयमा राखिएको  उल्लेख गर्दै उनले अधिकांश विस्थापितहरू अझै आश्रय बाहिर नै रहेको बताएका छन् ।

पत्रकारहरूसँगको दैनिक साक्षतकारको क्रममा उनले मार्च –२  देखि  संयुक्त राष्ट्र सङ्घले ११० वटा मानवीय समूह र मिसनहरूको सेवा प्रवाहलाई सहज बनाएको जनाएका छन् । यद्यपि, सहायता वितरण अपरेसनहरूले विभिन्न अवरोध, असुरक्षा, आवागमन प्रतिबन्ध, नागरिक पूर्वाधारमा क्षति लगायतका  समस्याको सामना गर्न बाध्य रहेको जनाइएको छ ।

लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलका शान्तिरक्षकहरूले शङ्कास्पद गतिविधिहरू अपरेसनहरू, लगायत यस क्षेत्र भरि इजरायली सेनाहरूद्वारा सञ्चालित सैन्य गतिविधिहरूको निगरानी जारी राखेको जनाइएको छ ।

जारी हिंसाबाट शान्तिरक्षक र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा स्थलहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उनले चेतावनी दिएका छन् । इजरायली सैन्य गतिविधिको कारण शुक्रबार एल बियाडाको युनिफिल क्षेत्रका तीन वटा भवनहरूमा संरचनात्मक क्षति पुगेको तथा नजिकैका क्षेत्रहरूमा आगलागी समेत भएको जनाइएको छ ।

डुजारिकले बुधबार बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणकमा बालबालिका सहित नागरिकहरूको मृत्यु भएका रिपोर्टहरू उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । अप्रिलमा घोषणा गरिएको युद्ध विराम पछि पनि लेबनानको राजधानीलाई लक्षित गरी भएको यो पहिलो आक्रमण भएको उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?