ट्रेंडिंग:

>> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा
विचार

बुटवल प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा ल्याएको जागरण

३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

बुटवल परापूर्वकालदेखि नै मानिसहरुको जमघट र व्यापारिक क्रय विक्रयको केन्द्र हो भन्ने तथ्य निर्विवाद छ । बटौली अर्थात मानिसहरु बटुलिने ठाउँ, यसको नामबाट नै सबै कुरा स्पष्ट हुन्छ । बटौलीको अपभ्रंस रुप बुटवल हो भन्ने तथ्यमा सबैजसो इतिहासकारहरु सहमत छन् । यो एक समय बुद्ध (ज्ञानी) पुरुषहरुको विचरण स्थल थियो । यसैले बुद्धबल्ली नामाकरण भएको हो । बुद्धबल्लीबाट बटौली हुँदै बुटवल नामाकरण भएको हो । एक समय पहाडको उत्पादन घिउ, ऊन, राडीपाखी र तराइको उत्पादन तेल र नुनको साटासाटको केन्द्र थियो । यसरी यो मानिसहरुको जमघटको केन्द्र परापुर्वकालदेखिको हो । नयाँ होइन । तिलोत्तमा (तिनाऊ) नदीको नामाकरणको प्रसङ्ग पनि जोड्न सकिन्छ । सत्ययुगमा तिलोत्तमा नामक अप्सराको क्रिडास्थल भएकाले यहाँबाट बग्ने नदीको नाम तिलोत्तमा रहेको हो भन्ने जनश्रुती छ । अप्सरासँग देवताहरुको सम्बन्ध स्वभाविक रुपले आउँछ । यस तथ्यबाट के स्पष्ट हुन्छ भने सत्य युगमा पनि यो ठाउँ आकर्षणको केन्द्र थियो । भौगोलीक रुपले पनि यो तराई र पहाडको सङ्गम स्थल हो । परापूर्वकालमा दक्षिण (भारत) तिरका राजा, महाराजा, ऋषी, राजर्षीहरु उत्तर तर्फको हिमायल क्षेत्रतिर ध्यान र तपश्या स्थलहरु खोजी गर्दै जाने मार्ग पनि यही हो । त्यसैले यो ठाउँ परापूर्वकालदेखिकै मानिसहरुको गतिविधिको केन्द्र हो । एक करोड १० लाख वर्ष पुरानो आदीमानव रामपिथेकसको बङ्गारा बुटवल र पाल्पाको दोभानमा भेटिएको तथ्यले समेत यो प्राचिन कालदेखिको मानव गतिविधिको केन्द्र हो भन्ने तथ्य पुष्टि हुन्छ । वर्तमानमा पश्चिम नेपालको प्रमुख औद्योगिक र व्यापारिक नगरी हो बुटवल । यस्तो ऐतिहासिक र साँस्कृतिक नगरीमा मेला, महोत्सव, जात्राको आयोजना परापूर्वकालदेखि नै हुँदै आएका हुन । अहिलेपनि त्यसको विरासत धान्ने काम बटौली (पारी बुटवल) को कृष्ण जन्माष्टमीका दिन आयोजना हुने नारायण जात्राले गरिरहेको छ । जो १०८ वर्ष भन्दा अघि देखि निरन्तर श्रृखलाबद्ध ढंगले व्यवस्थित तवरले आयोजना हुँदै आएको छ । त्यस्तै गणेशजात्रा पनि प्राचीन हो ।

औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको इतिहास खोजविन गर्दा वि.सं. ४० को दशकबाट बुटवलमा यस्तो मेला आयोजना गर्न थालिएको इतिहास पाइन्छ । बुटवल उद्योग बाणिज्य संघले पहिलोपटक २०४१ सालमा औद्योगिक प्रदर्शनी आयोजना गरेको तथ्याङ्क संघको अभिलेखमा छ । त्यस्तै २०४५ सालमा रुपन्देही उद्योग संघले पहिलोपटक राष्ट्रिय औद्योगीक प्रदर्शनी आयोजना गरेको तथ्याङ्क संघको अभिलेखमा छ । राजा विरेन्द्रको २०४१ सालमा बुटवल भ्रमणको क्रममा बुटवल उद्योग बाणिज्य संघ आबद्ध उद्योगीहरुले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । बुटवलमा आयोजना गरिएको यो नै पहिलो औद्योगिक उत्पादनको प्रदर्शनी हो । त्यसपछि रुपन्देही उद्योग संघले २०४५ सालदेखि व्यवस्थित ढंगले राष्ट्रिय औद्योगिक प्रदर्शनीको व्यानरमा औद्योगिक उत्पादनको प्रदर्शनी आयोजना गर्न थाल्यो । २०४५ सालको यो पदर्शनीमा कुल ५७ वटा औद्योगिक प्रतिष्ठान सहभागी भएका थिए । ४० हजार दर्शक सहभागी भई २० लाख रुपैयाँको कारोवार भएको थियो । २०४५ सालको यो प्रदर्शनी सफल भएपनि संघलाई आम्दानी नभएकाले यसले तत्काल वर्षेनी निरन्तरता पाउन सकेन । फेरी दोस्रोपटक संघले २०५३ सालमा प्रदर्शनी आयोजना ग¥यो । जसमा १ सय १४ औद्योगिक प्रतिष्ठान र एक लाख दर्शक सहभागी भई ३ करोड रुपैयाँको कारोवार भयो । अब संघ उत्साहित भयो र वर्षेनी आयोजना गर्न थाल्यो । संघ संचालनको मुख्य आम्दानीको श्रोतको रुपमा यो कार्यक्रम बन्यो । २०५४ सालमा सहभागी प्रतिष्ठान बढेर १ सय २० पुगे । दर्शक पनि बृद्धि भई डेढलाख पुगे । कारोवार पनि ५ करोड रुपैयाँ पुग्यो । २०७४ सालको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा यो क्रम बढेर ५ सय प्रतिष्ठान र ६ लाख २५ हजार दर्शकको सहभागीतामा २० करोड रुपैयाको कारोवार भयो । २०७९ को १५ औं श्रृङ्खलामा ५ सय प्रतिष्ठान सहभागी भएका छन् । ७ लाख दर्शक सहभागी भई २५ करोड रुपैयाँ कारोवार भएको छ । यसरी पछिल्लो चरणमा बुटवलमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको कार्यक्रम महोत्सव (महाउत्सव) को रुपमा स्थापित भएको छ । औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको कार्यक्रम रुपन्देही उद्योग संघले मात्र नभई बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ रुपन्देहीले पनि आयोजना गर्दै आएका छन् । अब प्रत्येक संस्थाले पालैपालो यो कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइएको छ ।

  • पर्यटकीय स्थलहरुको अध्ययन अनुसन्धान र प्रबद्र्धन गर्ने क्रम बढेको छ । टाढा जानु पर्दैन, बुटवलको जितगढी र नुवाकोट गढीको पछिल्लो विकासको अवस्थालाई विश्लेषण गर्ने हो भने पर्यटन महोत्सवको महत्व स्पष्ट हुन्छ ।

प्रारम्भमा बुटवल उद्योग बाणिज्य संघले औद्योगिक व्यापार मेलाको व्यानरमा यो कार्यक्रम आयोजना ग¥यो भने रुपन्देही उद्योग संघले राष्ट्रिय औद्योगिक प्रदर्शनीको व्यानरमा यो कार्यक्रम आयोजना ग¥यो । त्यसपछि परिस्कृत गरिँदै आएर यसमा कृषि तथा पर्यटन महोत्सवको कार्यक्रम पनि जोडियो । २०७९ को श्रृङ्खलामा प्रविधी पनि थपिएको छ । कृषि सम्बन्धी प्रतिष्ठानहरु खोजी खोजी सहभागी गराइयो । पर्यटन सम्बन्धि प्रतिष्ठानहरु विशेष गरी होटल तथा रेष्टुरेन्ट र पर्यटन सम्बन्धी सूचनामुलक प्रतिष्ठानहरु खोजी खोजी सहभागी गराइयो । जव पर्यटन महोत्सव भनियो, तब पर्यटन उद्योग बारे चर्चा परिचर्चा र बहस प्रारम्भ भयो । पहिले होटल रेष्टुरेन्ट व्यवसायीहरुलाई ‘होटेलवाला’ भनेर हेय दृष्टिले हेरिन्थ्यो भने अहिले पर्यटन व्यवसायी भनेर सम्मानको दृष्टिले हेर्न थालिएको छ । यो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला कार्यक्रमको ठूलो उपलब्धी हो । यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवशायीहरुको संख्या बढ्यो । होटल रेष्टुरेन्ट बढे । आन्तरिक पर्यटन बढ्यो । पहिले अन्तराष्ट्रिय पर्यटकीय गन्तब्य लुम्बिनी जाने आन्तरिक पर्यटकको संख्या सिमित थियो । यो पर्यटन महोत्सवको कार्यक्रमले लुम्बिनी जाने पर्यटकको संख्या ह्वात्तै बढायो । पाल्पाको तानसेन र रानीमहल, गुल्मीको रेसुङ्गा, प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको ठाडा दह, रुपन्देही कपिलबस्तु र नवलपरासी स्थित शाक्यमुनी बुद्धसँग सम्बन्धीत पर्यटकीय स्थलहरुको भ्रमण गर्ने आन्तरिक पर्यटकहरुको संख्या बृद्धि भएको छ । पर्यटकीय स्थलहरुको अध्ययन अनुसन्धान र प्रबद्र्धन गर्ने क्रम बढेको छ । टाढा जानु पर्दैन, बुटवलको जितगढी र नुवाकोट गढीको पछिल्लो विकासको अवस्थालाई विश्लेषण गर्ने हो भने पर्यटन महोत्सवको महत्व स्पष्ट हुन्छ । बुटवलमा अहिले दुईवटा केबुलकार निर्माणाधिन छन् । बुटवलदेखि नुवाकोट गढीसम्म सिद्धार्थ केबुलकार र बुटवलदेखि बसन्तपुर डाँडासम्म लुम्बिनी केबुलकार । यी दुबै केबुलकार पनि यस क्षेत्रमा पछिल्लोपटक बढ्दै गएको पर्यटन उद्योगप्रतिको बढ्दो जागरणको उपलब्धी हो । यो पर्यटन महोत्सवको कार्यक्रमले यस क्षेत्रमा पर्यटन उद्योगप्रति व्यापक जागरण ल्याएको छ । हामीले मेरो अगुवाईमा एक वर्षको औद्योगिक प्रदर्शनीमा साविक लुम्बिनी अञ्चलभित्रका ६ जिल्लाका पर्यटकीय स्थलहरुबारे लघु चलचित्र (डकुमेन्ट्री) समेत बनाएर प्रदर्शनी स्थलमा प्रदर्शन तथा प्रसारण गरेका थियौं । रुपन्देही उद्योग संघका तत्कालिन कार्यसमिति सदस्य माधव नेपालले यसको संयोजन गर्नु भएको थियो । स्क्रिप्ट लेखन र आवाजको भूमिका मेरो थियो । यो स्टल प्रदर्शनीमा त्यस वर्ष आकर्षणको केन्द्र बनेको थियो । प्रदर्शनीमा राखिएका पर्यटकीय स्थलका तस्वीरहरुको प्रदर्शनले दर्शकको ध्यान खिँचेको थियो । हरेक वर्ष लुम्बिनी प्रदेश क्षेत्रका पर्यटकीय स्थलहरुको तस्वीर प्रदर्शनको स्टल राखेमा प्रभावकारी हुनेछ । यसले ति स्थलहरुको महिमा गान गरेको मात्र नभई पर्यटकीय भ्रमण पनि बढाएको छ । अब रुपन्देहीमा स्वदेशी र विदेशी पर्यटकको गतिविधी तिब्ररुपमा बढ्दै छ । बुटवलमा दुईवटा केबुलकार सञ्चालनमा आएपछि भारतीय पर्यटकहरुको आगमन बढ्छ । विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने क्रम पनि बढ्छ । यस्तै भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालैदेखि संचालनमा आएको छ । यसले लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्या बृद्धि गराउने विश्वास लिइएको छ । गुल्मीको रेसुङ्गामा पनि पर्यटकीय पूर्वाधार बढिरहेका छन् । यसरी जताततै पर्यटकीय पूर्वाधार बढिरहेका छन् । यो बुटवल र भैरहवामा आयोजना हुने औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा पर्यटन महोत्सवको कार्यक्रमको उपलब्धी हो ।

अन्तमा, बुटवलमा आयोजना गरिने पर्यटन महोत्सवको कार्यक्रमलाई बर्षेनी निरन्तरता दिनु पर्छ । अब राष्ट्रिय स्तरको प्रदर्शनी तथा महोत्सव स्थल पनि तयार भएको छ । अब विषयगत मेला आयोजना गर्न सजिलो भएको छ । हरेक महिनाजसो विषयगत मेला तथा महोत्सव आयोजना गर्न सकिन्छ । यो पर्यटन महोत्सवको कार्यक्रमले दुई–अढाई दशकको छोटो अवधीमा अकल्पनिय जागरण ल्याएको छ । अब यसलाई परिस्कृत गरी थप गुणस्तरीय ढंगले संचालन गरिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission