ट्रेंडिंग:

>> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई

देवकोटा मावि सुनवलमा राष्ट्रपति रनिङ्ग शिल्ड हुँदै

२ माघ २०७९, सोमबार
२ माघ २०७९, सोमबार

सुनवल, २ माघ ।

पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । अगामी बुधवारदेखि तीन दिन सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको सोमबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

सुनवलका सामुदायिक र संस्थागत गरी ५५ वटा विद्यालयका विद्यार्थीले भाग लिने प्रतियोगितामा १७ ओटा विधामा छात्रछात्राका लागि छुट्टाछुट्टै ३४ वटा खेल हुने देवकोटा माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत भलिबल, विभिन्न दुरीको दौड, हाई जम्प, लङ्ग जम्प, ट्रिपल जम्प, सटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, तेक्वादो, कराँते लगायतका खेल हुने छन् । ३ हजार मिटर दुरीको दौड सुनवल–परासी सडक खण्डमा हुने छ भने बाँकी सबै खेल विद्यालयकै परिसरभित्र हुने विद्यालयका प्रधानाध्यापक तथा खेल संयोजक खेमराज जोशी शर्माले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको ंसशेधित निर्देशिका अनुसार १८ वर्ष पुरा नभएका कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउँछन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १६ ओटा उपसमिति बनाएर तयारी तीव्र पारिएको छ ।

यसैबीच प्रतियोगितालाई थप आर्कषक बनाउन सांस्कृति कार्यक्रम र खाना महोत्सव (फुड फेस्टिबल) को पनि आयोजना गरिएको छ । विद्यालयमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको क्षमतालाई प्रष्फुटन गर्न पनि फुड फेस्टिबलको अवधारणा ल्याईएको विद्यालयले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीलाई खाना नास्ताको लागि पनि विद्यालय बाहिर जाँदा समस्या हुने भएकाले फुड फेस्टिबलको माध्यमबाट विद्यालय परिसर भित्रै खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकार र विद्यार्थीले विविध सांस्कृति कार्यक्रम पनि प्रतियोगिताको दौरान प्रस्तुत हुने छ । खाना महोत्सव र सांस्कृतिक कार्यक्रमले प्रतियोगीलाई हौसला मिल्नुका साथै विद्यालयलाई समुदायसँंग जोड्न सघाउ पुग्ने अध्यक्ष अर्यालले विश्वास व्यक्त गरे ।

सो क्रममा बोल्दै पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, सुनवल ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले बालबालिकामा भएको अन्तरनिहित क्षमता प्रष्फुटन गरी खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?