Butwal Today

कोलम्बियाको कोइला खानीमा भएको विस्फोटमा ९ जनाको मृत्यु, ६ जनाको उद्धार

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

बोगोटा (कोलम्बिया) । कोलम्बियाको कोइला खानीमा भएको ग्याँस विस्फोटमा नौ जना खानी मजदुरको मृत्यु हुनुका साथै अन्य छ जना घाइतेको जीवितै उद्धार गरिएको कोलम्बियाको खानी विभागले जनाएको छ ।

सुटाटौसा, कुन्डिनमार्काको ला सिस्कुडा खानीमा विस्फोट भएको पुष्टि गर्दै विभागले  विस्पोटको समयमा खाानी भित्र रहेका सबै १५ जना कामदारहरू प्रभावित भएको उल्लेख गरेको छ भने जीवितै उद्धार गरिएका छ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।

विभागले यस अघि अप्रिल –९ मा गरेको निरीक्षणले ग्यास निर्माण र निष्कासन गरिएका सुरुङ्गहरूको सुरक्षा जोखिमहरू पहिचान गरी धुलो नियन्त्रण सुधार गर्न सिफारिस जारी गरेको बताएको छ ।

कोलम्बियाली रेड क्रसका एकाइहरू पनि घटनास्थलमा रहेको जनाइएको छ भने  पीडित परिवार र अन्यलाई मनोसामाजिक सहयोग प्रदान गर्दै, गभर्नर जोर्ज एमिलियो रेले सामाजिक सञ्जाल एक्समा  खानी उत्खनन प्रकोपबाट प्रभावितहरू प्रति समवेदना व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?