© 2026
बेरुत ।
दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्र’मण र सैन्य कारबाहीका क्रममा कम्तीमा ७ जनाको मृ’त्यु भएको छ भने अन्य केही व्यक्ति घा’इते भएका छन् ।
स्थानीय स्वास्थ्य तथा सरकारी स्रोतका अनुसार आक्र’मणहरू विभिन्न गाउँहरूमा भएका थिए, जहाँ घर, सवारी साधन र नागरिक संरचनाहरूलाई पनि क्षति पुगेको छ । यसै क्रममा इजरायली सेनाले सीमा नजिकको यारुन गाउँमा रहेको एक क्याथोलिक कन्भेन्टको भाग बुल’डोजर प्रयोग गरी ध्व’स्त पारेको छ । उक्त कन्भेन्ट पहिले खाली भइसकेको र यु’द्धका कारण त्यहाँ रहेका दुई ननहरू पनि विस्थापित भइसकेका थिए ।
इजरायलले उक्त कारबाहीलाई हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधार नष्ट गर्ने अभियानको हिस्सा भएको बताउँदै, सो स्थानबाट विगतमा इजरायलतर्फ रकेट प्र’हार गरिएको दाबी गरेको छ । साथै, इजरायली सेनाले भवन धार्मिक संस्था हो भन्ने जानकारी पाएपछि थप क्ष’ति रोकिएको पनि जनाएको छ । तर लेबनानको क्याथोलिक चर्चले यी दाबी अस्वीकार गर्दै उक्त स्थान पूर्ण रूपमा धार्मिक, शैक्षिक र मानवीय उद्देश्यका लागि प्रयोग हुँदै आएको बताएको छ । चर्चका प्रतिनिधिहरूले धार्मिक स्थलहरूलाई सैन्य उद्देश्यका लागि प्रयोग गरिएको आरोप गलत भएको भन्दै कडा आपत्ति जनाएका छन् ।
यसैबीच, इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीचको तनाव जारी छ, यद्यपि १७ अप्रिलदेखि युद्ध’विराम लागू भएको भनिएको छ । तर सीमा क्षेत्रमा दुवै पक्षबीच आक्र’मण र प्रत्या’क्रमण रोकिएको छैन ।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा करिब ५० वटा हवाई आक्र’मण गरी हिजबुल्लाहका पूर्वाधार र लडा’कुहरूलाई लक्षित गरिएको दाबी गरेको छ ।
साथै, दक्षिणी लेबनानका ९ वटा गाउँका बासिन्दालाई सुरक्षा कारण देखाउँदै तत्काल स्थान खाली गर्न चेता’वनी पनि दिइएको छ, जसले स्थानीय नागरिकहरूमा थप ड’र र विस्था’पनको अवस्था सिर्जना गरेको छ ।