© 2026
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गरेकी हुन ।
काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) बमोजिम उनले सांसद पन्तलाई उक्त पदमा मनोनयन गरेकी हुन ।
यसै गरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।