© २०२३
बुटवल, १ माघ ।
लुम्बिनी प्रदेशस्तरीय दोस्रो ‘सि’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि सैनामैनाका राजेन्द्र कार्की र सुमन पुनको जोडीले हात पारेका छन । शनिबार भएको फाईनल खेलमा सैनामैनाकै राजेन्द्र मल्ल र अरुण मानन्धरको जोडीलाई पराजित गर्दै कार्की र पुनको जोडीले उपाधि हात पारेका हुन । उपाधि विजेताले नगद ३२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता मल्ल र मानन्धरको जोडी नगद २२ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । खेलमा गुल्मीका सुरज थापा र सुजन रायमाझीको जोडी तथा भैरहवाका अर्जुन क्षेत्री र डानिस कुरैसीको जोडी तेस्रो हँुदै जनही नगद १६ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
यसैगरी भेट्रान्सतर्फ लायन्स क्लब अफ शंकरनगरका विरेन्द्रसिह बिष्ट र अर्जुन कार्कीको जोडीले उपाधि हात पारेका छन् । फाईनल खेलमा बर्दघाटका बेलबहादुर छन्त्याल र करण बिकको जोडीलाई पराजित गर्दै बिष्ट र कार्की बिजयी भएका हुन । उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता छन्त्याल र बिकको जोडी नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । खेलमा दाङका प्रकाशकुमार डागी र धनिराम रोकाको जोडी तथा एमजी क्लब रुपन्देहीका बसन्त चर्ति थापा र पुरन रानाको जोडी तृतीय हँुदै जनही नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टारको आयोजनामा भएको प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई एक समारोहका बिच आशिष प्रतिष्ठानकी अध्यक्ष मिना श्रेष्ठ, आयोजक आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठ, क्लबका अध्यक्ष विजय कुमार बर्नवाल, संयोजक दुर्गा आलेले पुरस्कार बितरण गरेका प्रतियोगिताको टप आठमा पुग्ने टिमलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा थिए । सी लेभल खुलातर्फ ८४ तथा भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।