Butwal Today

राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी  हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?