Butwal Today

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-
महेन्द्रनगर ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको आज  जनकपुरधाममा आयोजित सातौँ प्रदेशसभाको उद्घाटन समारोहमा उनले नीजि क्षेत्रलाई प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री यादवले भने,“निजी क्षेत्रको सक्रियताबिना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले सरकारले नीतिगत सुधार र सहजीकरणमार्फत लगानी आकर्षित गर्ने वातावरण बनाउँदैछ ।”
मधेस प्रदेश, नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा सोहन साहले दीगो र समावेशी विकासका लागि दीर्घकालीन योजनाको आवश्यकता औँल्याए । उनले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले प्रदेशबीचको सहकार्य र अनुभव आदानप्रदानले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने विचार व्यक्त गरे । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सशक्त बनाउनु आवश्यक रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्यमा जोड दिँदै लगानी प्रवर्द्धनका लागि सहजीकरण गर्न स्थानीय तहले पनि आपश्यक भूमिका खेल्ने बताए ।
कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहले उद्योगी–व्यवसायीको हित संरक्षण गर्दै प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्र र सरकारबीच समन्वय बढाउँदै आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।
कार्यक्रमका अध्यक्ष तथा महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेस प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी–व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रदेशमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत स्थिरता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?