Butwal Today

बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’, दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत शनिबार राति करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

कालिकापथ क्षेत्रमा केन्द्रित भई सञ्चालन गरिएको उक्त अभियान राति ९ बजेदेखि सुरु गरिएको थियो । विशेषगरी चर्को आवाज निकाल्ने, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गर्दै अभियान अघि बढाइएको हो ।

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बजार क्षेत्रमा ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारीका कारण जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएपछि यस्तो अभियान सञ्चालन गरिएको हो ।

उनका अनुसार करिब दुई घण्टाको अवधिमा नै ठूलो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिइएको र सम्बन्धित धनीमाथि कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?