Butwal Today

‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।  सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज एक विज्ञप्ति जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनाका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गरेको छ ।

संस्थाका अध्यक्ष मदनकृष्ण शर्माले पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समय सीमासहितको बृहत् कार्यसूची पारित गर्नुले सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको बताए ।

विज्ञप्ति मापन तोकिएको समय सीमाभित्र सबै कार्य सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन प्रबद्र्धनको कार्यमा आफ्ना अनुभव र विज्ञता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?