ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

दुई दिने प्रदेशस्तरीय ब्याडमिन्टन तयारी पूरा

‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने
२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

बुटवल, २७ पुस ।

दोस्रो लुम्बिनी प्रदेशस्तरीय ‘सि’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । खेलकुद सामग्री उत्पादन र बिक्रीवितरण गर्दै आएको ब्राण्ड युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टारको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजक आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठले बताए ।

तिलोत्तमा नगरपालिका रहेको ब्याडमिन्टन कोर्टमा पुस २९ र ३० गते दुई दिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको उनले बताए । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्दै दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको उनले बताए । पहिलो संस्करणमा ‘सि’ लेभल मात्र प्रतियोगिता गरेको भएपनि यसपटक थप भेटान्स खेल समेत थपिएको उनले बताए । दुई ईभेन्टमा हुने प्रतियोगितामा मेन्स डबल्सको उपाधि विजेताले नगद ३२ हजार रुपैया, उपविजेताले नगद २२ हजार रुपैया र तृतिय दुई टिमले जनही नगद १६ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यसैगरी भेट्रान्स डबल्स ४५ वर्षमाथिको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १५ हजार रुपैयाँ तथा तृतीय दुई टिमले जनही नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको टप आठमा पुग्ने टिमलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि क्याबिनेट सेक्रेटरी सन्दिप कसौधनले सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउन सफल रहेको क्लब खेलकुदमा पनि अग्रसर रहेको बताए । स्वस्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने भन्दै युवा खेलाडीहरु उत्पादनमा समेत यो प्रतियोगिता आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन लागेको उनले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष बिजय बर्नवाल, अर्जुन कार्कीले ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने बताए ।
पहिलो संस्करणमा ‘सि’ लेभल मात्र खेलाउदा ५ लाख रुपैया खर्च भएको संयोजक दुर्गा आले बताए । यसवर्ष भेट्रान्स खेलसमेत जोड्दा साढे ७ लाख बढि खर्च हुने अनुमान रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?