Butwal Today

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको उक्त बैठकमा उपस्थिति हुनका लागि समितिका सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?