Butwal Today

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

 

नेपालगन्ज । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४३ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।  कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार अझै १३ जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेको छ ।

निर्वाचन परिणाम घोषणा भएको एक महिनाभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।  चैत २३ गतेभित्र खर्च विवरण बुझाइसक्नुपर्ने समय सीमा रहेको छ ।

बाँके जिल्लाको क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी, क्षेत्र नं २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नं ३ बाट रास्वपा कै खगेन्द्र सुनार निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?