© 2026
काठमाडौँ । भारतका विदेश मन्त्री डा एस जय शङ्करले नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विदेश मन्त्री डा जय शङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनीसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरे ।