Butwal Today

रास्वपाको संसदीय दलको बैठक सुरु

१२ चैत्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ ।

केन्द्रीय समितिको बैठकले आज संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गरे लगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई पनि सहभागी गराइएको जानकारी दिए । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गरेको झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?