© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन् ।
आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित भएका उनले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको धारणा राखे ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्मा पुगेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै छन् ।