Butwal Today

फिफा सिरिजका लागि खेलाडी छनोट

११ चैत्र २०८२, बुधबार
अ+
अ-

ठकामाडौँ ।  आगामी अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ  ।

छनोट हुने खेलाडीहरूमा अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, बिरसना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा र नेहाकुमारी चौधरी छन् ।

त्यसैगरी निशा ठोकर, पूनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पुजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सुक्रिया मिया, सुशिलाकुमारी चौधरी र उषा नाथ छनोट भएको एन्फाले जनाएको छ ।

उक्त फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?