ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित
विचार

राष्ट्रिय एकताका प्रतिक राजा पृथ्वीनारायण शाह

उनी दूरदर्शी राजा थिए । उनले देशमा पछि आउने समस्याको आँकलन गरिसकेका रहेछन् । यसमानेमा कि उनले पश्चिमी देशको प्रवेश भयो भने देशमा क्रिश्चियनहरुको हालिमुहाली हुन्छ, नेपालको अस्तित्व रहन्न र मेटिन्छ । यही सोचेर एकिकरण अभियान शुरु गरे होलान् भन्ने लाग्छ ।
२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

पृथ्वी जयन्ती आउँदा मलाई पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाएको याद आउँछ । उनको तस्वीरमा माला लगाईदिएको र जयजयकार गरेको याद आउँछ । उनका केही भनाई र उपदेश अनि उनको चोर औला ठड्याएको शालिक सम्झन्छु । उनलाई देख्ने त परैको कुरा म आमाको गर्भमा पनि थिईन उनी जिउँदो हुँदा । उनको मृत्यु बिक्रम सम्बत १८३२ मा भईसकेको थियो । पृथ्वीनारायण शाहबारे पाठयपुस्तक र पछि उनीबारे लेखिएको इतिहासबाट केहीकुरा थाहा पाईयो भने उनको शालिक राम्रैसंग देखियो । उनले गरेको काम इतिहास पढेर थाहा पाउँदा र शालिक देख्दा शीर श्रद्धाले निहुरिन्छ । सोच्छु यदी पृथ्वीनाराण शाहले नेपाल एकिकरण नगरेको भए आज नेपाल कहाँ बिलय हुनेथियो ? कुन देशको हिस्सा हुने थियो ? अंग्रेजको पोल्टामा जान्थ्यो कि ? भारतको पोल्टामा वा आधा उत्तर आधा दक्षिण कता पुग्थ्यो ? वा अन्य कुनै देशका शासकको पोल्टामा पुग्थ्यो यसै भन्न सकिन्न ।

यिनै पृथ्वीनारायण शाहलाई बिस्तारवादी शासक भनेर आफूलाई गणतन्त्रबादी भन्नेहरुले उनको शालिक तोडे । मान्छे त जीवित थिएनन् नै उनको शालिकसम्म देख्न नसक्ने कस्ता नेपाली हुन् ? शालिकले के बिराएको थियो र ? त्यो त एउटा इतिहास थियो । अव आउने नयाँ पुस्तालाई नेपालमा यस्ता शासकहरु थिए, उनीहरुले यो यो काम गरेका थिए, भनेर परिचय गराउन सकिन्थ्यो । विद्यार्थीहरुलाई चिनाउन पनि त्यो शालिकले काम गथ्र्यो र पर्यटकहरुलाई देखाउन पाईन्थ्यो । अन्य देशमा त्यस्ता पुराना प्रसिद्ध ब्यक्ति जसले एउटा इतिहास रचेका छन्, चाहे ति बिख्यात वा कुख्यात किन नहुन् तिनको बारेमा ऐतिहासिक सिनेमा बन्छन् । शालिक बनाएर संरक्षण गरेर राखिन्छन् तर हाम्रो देशमा भने त्यस्ता ऐतिहासिक ब्यक्तिको शालिक तोडफोड गरेर त्यो ठाउँमा आफ्ना आफ्ना जातीय ब्यक्तिका शालिक ठडाइन्छ । हो उनीहरुले पनि देशकै लागि मरिमेटेर काम गरेकै हुन्, देश र जनताको भलो चिताएकै हुन् । उनीहरुको पनि ससम्मान शालिकहरु राखिनुपर्छ तर एउटालाई बिस्थापित गरेर, उही ठाउँमा अर्कोलाई स्थापित गर्नु राम्रो काम पक्कै होईन । यसलाई सकारात्मक रुपमा लिन सकिन्न ।

पृथ्वीनारायण शाह राष्ट्रपिता हुन् । संसारमा कयौं देशहरु टुक्रिएका, छिन्नभिन्न भएका पनि इतिहास छन् । नेपालमै पनि पहिला भुरेटाकुरे धेरै राज्यहरु थिए । बाईसे र चौबिसे राज्यहरु थिए । गुल्मी पश्चिम बाईसे राज्य र गुल्मीदेखि पूर्व चौविसे राज्य भनिन्थ्योे । पश्चिममा वल्लो कुमाउ पल्लो कुमाउ पथ्र्यो । पूर्वतर्फ वल्लो किराँत र पल्लो किराँत राज्यहरु थिए भन्ने इतिहास पढिएको हो । यिनी राज्यहरुका राजाहरुका बिचमा सानो सानो कुरामा आपसी लडाई मतभेद चली नै रहन्थ्यो । एउटा राज्यले अर्को राज्यसंग लडाई, काटमार गथ्र्यो र जित्नेले आफ्नो पोल्टामा पाथ्र्यो । यो सब आपसी झै झगडा देखेर नै पृथ्वीनारायण शाहले एकिकरणको योजना गरे भन्ने इतिहास पढ्दा थाहा हुन्छ । उता भारत पनि अर्कैको पञ्जामा गईरहेको थियो । भारतमा इष्ट ईण्डिया कम्पनिले आफ्नो कब्जा जमाईरहेको थियो र नेपालतिर समेत उसले आँखा गढाईरहेको थियो । पश्चिममा नालापानी, यहाँ बुटवलसम्म पनि अगे्रज पसिसकेको अवस्था थियो । नाला पानीमा त बच्चा बोकेर पनि महिलाहरु अग्रेजसंग लडिरहेका थिए भने बुटवलमा पनि अग्रेजसंग लडाई भएको थियो । अंग्रेजको त्यो घुसपैठ देखेर पृथ्वीनारायण शाह सशंकित थिए । उनी निकै दुरदर्शी चतुर राजा त थिए नै, उनलाई लागेको थियो– नेपालमा फिरङ्गीहरु पसे भने देश बर्बादै पारेर छाडनेछन् । यिनीहरुलाई नेपालमा पस्न दिनुहुन्न भन्ने उनको भनाई थियो । त्यसैले उनले टुक्रा टुक्रामा बिभाजित नेपाललाई एकिकरण गरि एकसुत्रमा बाँध्ने अभियानमा लागे । केही ठाउँहरुलाई गुमाएर भएपनि उनले नेपाल एकिकरण गररै छाडे । भलै बाँकी काम अरुले फत्ते गरेहोलान् । पृथ्वीनारायाण शाहले एकिकरणको अभियान नचालेका भए नेपाल, नेपाल रहने थिएन । हामी नेपाली हौँ भनेर गर्व गर्ने ठाउँ रहने थिएन । त्यसैले पृथ्वीनारायण शाहप्रति श्रद्धाले शीर निहुरिन्छ ।

देशको मामिलामा पृथ्वीनारायण शाह जस्ता र महेन्द्र जस्ता शासक अहिलेसम्म अरु कुनैपनि देखिएनन् । सबै शासकहरु बिदेशीलाई रिझाउने र स्वदेशी कजाउने सत्तामा टिक्ने दाउगर्ने मात्र देखिए । चाहे ति शासक प्रजातन्त्रबादी होउन वा लोकतन्त्र र गणतन्त्रवादी नै किन नहुन् । सबै विदेशीको चाकरी गरेर आफ्नो दुनो सोझाउनेमात्र देखिएका छन् । कुरा एकथरि गर्छन् काम अर्र्कैै गर्छन् । सत्ता बाहिर बस्दा सस्तो लोकप्रियताका लागि निकै राष्ट्रवादी देखिन्छन् । भाषण गरेर जनतालाई मन्त्रमुग्ध पार्छन् तर आफू सत्तामा पुगेपछि, देश जाउस भाँडमा भन्ने सोचेर कमाउ खाउ धन्दामा लिप्त हुन्छन् । पृथ्वीनारायण शाहको उपदेशमा भनिएको छ– “दषिन (दक्षिण) को समुन्द्रको बादशाह सित घाहा राख्नु, त्यो महाचतुर छ, हिन्दुस्थाना दवाई राषेको छ । हिन्दूस्थान जाग्यो भने कठिन पर्ला भनि किल्ला खोज्न आउन्या छ ।” त्यहाँसम्म उनले सोच्दा रहेछन् भन्ने थाहा लाग्छ । तर, हाम्रा अहिलेका नेताहरुलाई राष्ट्रको चिन्ता भन्दा आफ्नो र आफ्ना शाखा सन्तानको चिन्ता बढी छ । त्यसैले सबै नेताहरु आफ्ना आफन्तहरुलाई संगै लिएर सत्तामा पुग्छन् । सत्तामा नपुग्नेलाई कुनै बिभागका प्रमुख बनाएर कमाउने ठाउँ बनाईदिन्छन् । नेताहरु नै राष्ट्रको ढुकुटी दोहन गर्ने अनेक प्रपन्च गर्दा रहेछन् । यहाँसम्मकी आफूले दैनिक प्रयोग गर्ने दाँत माझ्ने ब्रस, टुथपेष्ट, साबुन सर्फ, टवेलसम्म पनि राष्ट्रकै ढुकुटीबाट किनिँदो रहेछ । अनि किन देश कंगाल नबनोस् । सत्ताबाट हटेपनि राज्यको सुबिधा भोग गर्न पाएपछि उसलाई मरुन्जेल कुनै चिन्ता रहेन । त्यसैले अहिले विश्वास गर्ने योग्य कुनै पार्टीहरु र तिनका नेताहरु देखिएनन् ।

पृथ्वीनारायण शाहलाई बिस्तारबादी देख्ने र भन्ने पार्टी पनि नभएका होईनन् । विस्तावादीको नजरले अहिलेसम्म हेरिरहेका छन् । अहिलेसम्म उनीहरुको दिमाग अझै फेरिएको छैन । कसैले आफू सिंगो देशको ठूलो राजा बन्न लडेका हुन् भन्ने गर्छन । कसैले काठमाण्डौ खाल्टो राम्रो देखेर त्यहाँको राजगद्दी हत्याउन लडाईगरेर गद्दी हत्याएका हुन् भन्ने गर्छन् तर मलाई पृथ्वीनारायण शाहले आफ्नो स्वार्थकालागि भन्दा पनि त्यतिबेलाको परिस्थिति अनुसार एकिकरणको अभियानमा कदम चाल्न बाध्य भएका हुन् भन्ने लाग्छ । उनी दूरदर्शी राजा थिए । उनले देशमा पछि आउने समस्याको आँकलन गरिसकेका रहेछन् । यसमानेमा कि उनले पश्चिमी देशको प्रवेश भयो भने देशमा क्रिश्चियनहरुको हालिमुहाली हुन्छ, नेपालको अस्तित्व रहन्न र मेटिन्छ । यही सोचेर एकिकरण अभियान शुरु गरे होलान् भन्ने लाग्छ । त्यसैले उनले भनेका छन् “यो मुलुक मेरा साना दुषले आज्र्याको मुलुक होईन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया, यो फूलबारीको छोटा बडा चारजात छत्तिसै बर्नले यो असिल हिंन्दुस्थाना हो ।” नेपाल चार जात छत्तिसवर्णको फूलबारी हो ।” हो यो फूलबारीमा अनेक थरि फूल छन् र ति अनेकथरि फूललाई एउटै धागोमा उनेर एउटा सिङ्गो माला बनाईएको छ । सबैथरि फूलहरुको आ–आफ्नै अस्तित्व छ । त्यसैगरि पृथ्वीनारायणले भनेका अनेक वाणीहरु छन्– “नेपाल दुई ढुङ्गाबीचको तरुल हो, प्रजा मोटा भया दर्बार बलियो रहन्छ, राजाका भंडार भन्याका रैतानहरु हुन्, घुस लिन्या र घुस दिन्या दुबै देशका शत्रु हुन्, महाजनहरुलाई गोड प्रसाहदेखि उभो आउन नदिनु” । बाटो घाटोको बारेमा पनि उनको भनाई रहेको छ– “पुरव पश्चिमको रस्ता बन्दगरि नेपालको रस्ता चलाई दिउला” भन्नुको अर्थ भारतीय नाकाहरु बन्द गरेर नेपालबाट मात्र हिंड्ने ब्यवस्था गरिदिउला भनेको हुनुपर्छ । आफ्नै देशको सामानको प्रयोगगरि कपडा बुन्नु र लाउनु, खेत भएका ठाउँमा घर नवनाउनुँ । बाझो गह्रो भएका ठाउँमा घर बनाउनु आदी इत्यादी । उनले भनेका कुराहरु कुनै खराव देखिदैनन् । हो खेती योग्य जमिनमा खेती नै गर्नुपर्दछ र खेती नहुने बन्जरभूमीमा घर बनाउनु पर्दछ । यो भनेको कृषिमा आत्मनिर्भर हुनुपर्छ भनेको हो । आफ्नो देशको लागि यस्तो सोच्ने राजा कसरी खराब मान्न सकिन्छ र ?

पहिला हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाईन्थ्यो तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता तन्त्र आएपछि पृथ्वी जयन्तीमा बिर्को लागेको छ । लोकतन्त्र आएपछि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने जो कोहीलाई घृणाको पात्र बनाईयो । उसको निन्दा भत्र्सना गरियो । अव अहिले पृथ्वी जयन्ती मनाउनु पर्छ भन्ने आवाज उठिरहेको छ भन्ने सुनिन्छ । सरकारले समेत पुस २७ गतेका लागि सार्वजनिक विदा दिएको छ । सुनेर खुशी लागेको छ । नेपाल र नेपालीको जय होस् । पृथ्वीनारायण शाहको जयहोस् । पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन । शंकननगर, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?