© 2026
भैरहवा ।
“५०० कुलपुत्र प्रव्रज्या” कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा चैत १३ र १४ गते हुने यात्रामा ५०० नव–प्रव्रजित सामणेर तथा भिक्षुको सहभागिता रहने जानकारी दिईएको छ ।
बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाका अनुसार भैरहवास्थित मुख्य कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर सहभागी हुनेछन् । धम्मयात्रा चैत १३ गते बिहान देवदह र बुटवलबाट तथा दिउँसो लुम्बिनीबाट सुरु हुनेछ भने चैत १४ गते भैरहवामा सम्पन्न हुनेछ ।
आयोजकका अनुसार भगवान बुद्धले राजगृहबाट कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राको स्मरणमा कार्यक्रम आयोजना गरिएको हो । यसमार्फत शान्ति, करुणा र अनुशासनको सन्देश फैलाउने तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।