ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रदेशस्तरीय महिला क्रिकेट छनौटको उपाधि रुपन्देहीलाई

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

दाङ, २६ पुस ।

लुम्बिनी प्रदेशस्तरीय प्रंधानमन्त्री कप महिला क्रिकेट छनौट प्रतियोगिता अन्तर्गतको फाईनल खेलमा दाङ ७ रनले पराजित भएको छ । दाङको घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा पुस २३ गतेदेखि आजसम्म भएको छनौट प्रतियोगितामा गत वर्षको विजेत रुपन्देहीले दाङलाई फाईनलमा ७ रनले हराउन सफल भएको छ ।

९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको दाङले विकेट रोक्न नसक्दा हार ब्यहोर्न पुगेको छ । दाङका लागि शुरुवाती ब्याटर लक्ष्मी चौधरीले रनको आशा जगाउँदै ५ बलमा १० रन बनाएर खेलिरहेका बेला विभाष्ना बिसीको बलमा क्याच आउट भएपछि दाङले लय समात्न सकेन ।

कप्तान सरस्वती जिएमले ५२ बल खेल्दै अविजित २३ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । कमला जिएमले १२ बलमा ६, मधु डिसीले १३ बलमा १३, अनिता चौधरीले २० बलमा १५, प्रभा चौधरीले ७ बलमा ३ तथा अमृता अधिकारी र आशा चौधरीले १–१ रन बनाएपनि अरु खेलाडीले खाता नै खोल्न सकेनन् । ७२ रन ब्याटबाट बनाएको दाङले १५ रन अतिरिक्त पाउँदै ८७ रनमा रुपन्देहीले फाईनल जितेको हो ।

रुपन्देहीकी कप्तान कृतिका मरासिनीको कसिलो बलिङ सामु दाङको टीम धरासायी बन्यो । छनौट प्रतियोगितामा मरासिनीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । मंगलबारको खेलमा पनि चार ओभरमा २ मेडन राख्दै जम्मा ६ रन दिएर महत्वपूर्ण चार विकेट लिएपछि दाङले फाईनलमा हार व्यहोरेको हो । यस्तै, विभाष्ना बिसीले चार ओभरमा १५ रन दिएर २ विकेट लिँदा सरु तिवारीले पनि पुरै स्पेल गरेर १७ रन दिएर १ विकेट लिइन् । सुस्मिता भुसाल र कविता खड्का विकेटविहीन हुँदै क्रमशः २५ र १९ रन दिइन्् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । रुपन्देहीका ओपनर श्रुति बुढाथोकी र विभाष्ना बिसीले २० रन बनाउदै खेलि रहेका बेला अनिता चौधरीले आफ्नो पहिलो ओभरको चौथो बलमा श्रुतिलाई क्याच आउट गराएपछि सात दशमलव ४ ओभरमा रुपन्देहीले पहिलो विकेट गुमाएको थियो ।

रुपन्देहीका लागि विभाष्ना बिसीले ३३ बलमा खेल्दै सर्वाधिक २५ रन बनाएकी थिइन् । श्रुतिले ३४ बलमा १० रन बनाउँदा कृति सेनले १० बलमा ५ रनको योगदान दिइन् ।

यसैगरी, आशा मगरले १७ बलमा १५ रन बनाउँदा कप्तान कृतिका मरासिनीले १४ बलमा ११ रन, सरु तिवारीले ४ बलमा २ रन बनाइन् । सुस्मिता भुसालले ६ बलमा अविजित १ रन बनाइन् । रुपन्देहीले १८ रन अतिरिक्त पाएको थियो भने ब्याटबाट ७६ रन बनाउँदै ९४ रनको योगफल बनाएको हो ।

बलिङतर्फ दाङकी अनिता चौधरीले ४ ओभरमा २१ रन दिँदै महत्त्वपूर्ण ३ विकेट लिइन भने कमला जिएमले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा लक्ष्मी चौधरीले ३ ओभरमा १८ रन दिँदै १ विकेट लिइन् ।
दाङकी सर्मिला रोका र मधु डिसीले १ –१ मेडन राख्दै ११ र २० रन दिँदा विकेट विहीन रहेका थिए । फाईनलमा उत्कृष्ट प्रदर्शन गर्ने रुपन्देहीकी कप्तान कृतिका मरासिनी प्लेयर अफ द म्याच हुनुसफल भइन् । प्रतियोगिताको समापन समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले खेलाडीलाई ट्रफी वितरण गरे ।

प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेशबाट १४ जना खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापक तथा चार जना वैकल्पिक खेलाडी छनौट हुनेछन् । उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?