ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित
तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९

उपाधिका लागि वडा नं. १ र ४ भिड्ने

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

बुटवल, २६ पुस ।

तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ को उपाधिका लागि वडा नं. ४ र वडा नं. १ भिड्ने भएका छन । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं. ४ ले वडा नं. २ माथि ३५ रन तथा दोस्रो खेलमा वडा नं. १ ले वडा नं. १७ माथि १ विकेटको जित निकाल्दै फाईनल भिडन्त पक्का गरेको हो ।

विहीबार पुस २८ गते फाईनल खेल हुने संयोजक प्रकाश न्यौपानेले बताए ।
पहिलो सेमीफाईनल खेलमा वडा नं. २ ले टस जितेर ब्याटिङको निम्तो दिएपछि मैदान छिरेको वडा नं. ४ का ब्याट्सक्यानहरुले १९.२ ओभरमा सबै विकेट गुमाएर ८२ रनको लक्ष्य खडा गरेका थिए । उसका लागि शिखर चन्दले २२ तथा सुलभ ढुगानाले ११ बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न वडा नं. २ का वसन्त खत्रीले ४ तथा प्रज्वल पौडेलले २ विकेट लिए । झिनो लक्ष्य वडा नं. २ का ब्याट्सम्यानहरु १६.५ ओभरमा केवल ४७ रनमा समेटिए । उसका लागि महेन्द्र सुवेदी क्षेत्रीले २३ बाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन । वडा नं ४ को जितमा धिरेन राकेश मगरले शानदार ४ तथा सुजन न्यौपानेले २ विकेट लिएका थिए ।

खेलमा वडा नं. ४ का धिरेन राकेश मगर म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो सेमीफाईनल खेलमा वडा नं. १७ ले टस जितेर १४ ओभरमा सबै विकेट गुमाएर ६६ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रामकुमार थापाले १८ र सागर चौधरीले १६ रन बनाए । कम स्कोरमा रोक्न वडा नं १ का विशाल न्यौपानेले ४ तथा गणेश गुरुङले २ विकेट लिएका थिए ।

कम स्कोरलाई पछ्याएको वडा न.ं १ का ब्याट्सम्यानलाई लक्ष्य भेटाउन अन्तिम विकेट र अन्तिम बलसम्म कुर्नुपरेको थियो । वडा नं. १ का विपिन भट्टराई नटआउट १९ रन खेल्दै १९.५ ओभरमा टिमलाई विजयी बनाए । उनीसंगै बिशाल न्यौपाने ११ रनको योगदान दिएका थिए । वडा नं. १७ का मुनेश्वर चौधरीले ३ तथा कुलदीप मल्लाहले २ विकेट लिएपनि जितका लागि पर्याप्त भएन । खेलमा वडा नं. १ का विपिन भट्टराई म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?