ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित
विचार

दिव्योपदेशमा पर्यावरणीय चेत

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

नेपालमा धर्म प्रचार गर्न आएका इशाई मिशनरिका पादरीहरुलाई निष्कासित गरेको झोंकमा उनै पादरीहरुले पृथ्वी नारायण शाहको विरुद्धमा लेखेको कथाको व्याख्यालाई युरोपियन युनियनको डलरमा बिकेका केहीले पृथ्वीनारायण शाहलाई जनजाती विरोधी, खस शासनका सुत्रधार, नाककान काट्ने अपराधी र एकात्मक शासनका सुत्रधार भन्दै एकोहोरो राग अलापे पनि उनी नेपाललाई एकताको सुत्रमा बाँध्ने नायक नै हुन् । पहाडी क्षेत्रमा असंख्यक भुरे टाकुरे राजाहरुले शासन गरिरहेको र ती शासकहरुले राज्यको संरचना समेत तयार नगरेको अवस्था र दक्षिण तर्फबाट मुगल र अंग्रेजको बढ्दो जगजगीको अवस्थामा पहाडी राज्यहरुलाई जोगाइराख्न यहाँका स–साना राज्यहरुको सोंच र सामथ्र्य समेत नभएको अवस्थामा बलियो राज्य बनाउने सोचाई राखेर उनले राज्य एकीकरणको जुन अभियान थाले त्यसैको उपज नै आजको नेपाल हो । नेपालको अस्तित्व देख्न नचाहने र आफुलाई नेपाली भन्न नचाहनेहरुको लागि पृथ्वीनारायण खलनायक भएपनि देशप्रेमिहरुको लागि उनी नायक नै हुन् ।

आजको नेपाल गोरखा राज्यको विस्तार नभएर नेपालको एकीकरण हो । जीवनका उर्वर समय राजकीय मोजमस्तीमा नलागी राज्य एकीकरणमा लगाएका उनले स–साना राज्यहरुलाई जितेर नेपाल निर्माणको सुरुवात गरेका मात्र हैनन्, संविधान र कानूनको विकास नभएको अवस्थामा राज्य संचालनका आधारहरु समेत निर्धारण गरेको पाइन्छ । जीवनको उत्तराद्र्धमा उनले राज्य संचालनका आधारभूत सिद्धान्तहरु प्रस्तुत गरेका थिए, यिनै सिद्धान्तहरुलाइ दिव्योपदेश भनिन्छ । जीवनका अन्तिम दिनहरुमा आफ्नो मृत्युपछि पनि नेपाल राज्य ब्यवस्थित र समुन्नत रहन सकोस् भनेर उनले दिएका उपदेशहरु प्रवचन नभएर राज्यका नीतिहरु र राज्यका नीतिगत सिद्धान्तहरु हुन् । नेपाल निर्माणको आधार कसरी तयार भयो ? नेपालीलाई एक सुत्रमा बाँध्नको लागि के गर्नुपर्छ ? भन्ने कुराको उपदेश मात्र दिब्योपदेशमा छैन, राज प्रशासनलाई कसरी सहभागितामूलक बनाउने, न्याय प्रशासनलाई कसरी प्रभावकारी बनाउने कुराहरु समेत यसमा छन् । अधिकांश कुराहरु राज्य संचालन, न्याय प्रशासन र अर्थतन्त्रसंग सम्बन्धित भएपनि दिब्योपदेशमा केही पर्यावरणीय सवालहरु समेत समेटिएका छन् । प्रस्तुत लेखमा त्यसैको चर्चा गरिएको छ ।

श्रोतमा समान सहभागिता
“मेरा साना दुःखले आज्र्याको मुलुक होइन,सबै जातको फुलबारी हो । सबैलाई चेतना भया , यो फुलबारीको छोटाबढा चारैजात छत्तिसै वर्नले ( सम्भार गर्नु) ” पृथ्वीनारायण शाहको दिव्योपदेशको सार यही हो । यो भनाईले राज्यका हरेक श्रोतहरुमा सबै नागरिकको बराबर अधिकार भएको कुरालाई इंगित गर्दछ । अहिले आईएलओ महासन्धि १६९ को आधारमा कुनै निश्चित जाति समुदायले आफुलाई श्रोतमाथिको अधिकार भएको कुरा उचाल्दै आएका छन् । तर पृथ्वीनारायण शाहले नेपाल सबै जातको फुलबारी हो । यसको संरक्षण सबै मिलेर गर्नुपर्छ भन्ने बताएर लाभको समानुपातिक वितरण र श्रोत संरक्षणमा सबैको सहभागिता खोजेका छन् । अहिले प्राकृतिक श्रोत संरक्षणमा यो उपदेशलाई मूल मन्त्र बनाएमा श्रोतको लागि हुने द्वन्द्व र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिलाई हटाएर श्रोतबाट हुने लाभ र संरक्षणमा सबैको सहभागिता सुनिश्चित गर्न सकिनेछ ।

श्रोतको उपयोग

एकातर्फ नेपालका श्रोत साधनहरु खेर गैरहेका छन् भने अर्कोतर्फ देशलाई आवश्यक पर्ने यस्ता श्रोत साधनहरु विदेशबाट ल्याउनु परिरहेको छ । माछादेखि मसलासम्म अनि धनियाँदेखि धानसम्म विदेशबाट मगाउनु परिरहेको छ । देशमा उपलब्ध प्राकृतिक श्रोत साधनहरु कौडीको भाउमा बिदेशी र नेताका आसेपासेलाई सुम्पेर राज्य श्रोतको दोहन गर्ने काम चलिरहेको छ । रामदेव बाबादेखि बतास र यति समूहसम्मलाई डाँडापाखा, खोला नदी, वनजंगल दिने काम भैरहेको छ । यस्तो कार्यले नेपालीले श्रोत साधनबाट लाभ लिन नपाउने मात्र हैन केही वर्षपछि देशले नै प्राकृतिक श्रोतको लागि विदेशी र केही स्वदेशी घरानाहरूको सामु हात फैलाउन पर्ने अवस्था आउन सक्छ । यो कुरालाई “देशका महाजनहरु आया भन्या कंगाल गरी छोड्छन….देशका कपरा लगाउनालाई मन्हाई गरिदिनु । आफ्ना देशका कपरा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बुन्न लाउनु र यस्व भया नगद देस जाँदैन….आफ्ना देशका जिनिस जरिबुती देश लैजानु र नगद खिची राषनु…..” भन्ने उपदेशले सम्बोधन गरेको छ । स्वदेशी कच्चा पदार्थमा आधारित सिप र उद्यम विस्तार गरी आम्दानी लिने, श्रोतको उपयोग स्वदेशीबाट नै गराउने, नेपालका जडिबुटी लगायका प्राकृतिक सम्पदाहरु आफैले नै विदेशमा बेचेर लाभ वर्तमान समयमा पनि स्वदेशी उद्योगलाइ प्राथमिकता दिने र विदेशी सामग्रीको आयातलाई घटाउन महत्वपूर्ण राज्य नीति हुने देखिएको छ ।

भू–संरक्षण र कृषि उत्पादन

कृषि नेपालीहरुको मुख्य पेशा हो र नेपालको आर्थिक विकासको सम्भावना पनि हो । कृषिबाट लाभ लिनको लागि कृषि भूमिको सही सदुपयोग गरी उत्पादन गर्नु पर्छ । कृषि उत्पादनको लागि खेतीयोग्य जमिन र सिचाईको तालमेल मिल्नु आवश्यक छ । अहिले अनियन्त्रित ढंगले खेतीयोग्य जमिनहरु प्लटिङले गर्दा खेतबारीहरु कंक्रिटको जंगलमा परिणत भैरहेका छन् । विवेकहीन विकासका गतिविधिहरुले पानीका श्रोतहरु मासिएर सिँचाईमा पनि समस्या आइरहेको छ । भूमि विनास र सिचाईको कमीले गर्दा उत्पादनमा ह्रास आइरहेको छ । उत्पादनले गुजारा नचल्ने भएपछि कृषि क्षेत्रबाट पलायन हुने क्रम बढ्दै छ, खाद्य संकट बढिरहेको छ र नेपालले खाद्य पदार्थहरु समेत विदेशबाट ल्याउनु परिरहेको छ । यो अवस्था आउन नदिनको लागि पृथ्वीनारायण शाहले “… गह्रो भयाका जग्गामा घर भयापनि घर अरु जग्गामा सारी कूलो काटी षेत बनाई आवाद गर्नु ” भन्ने दिव्योपदेश दिएका थिए । नेपालमा बजारीकरणको प्रभाव कम हुँदासम्म यो उपदेशलाई सबैले मानेका थिए । पानी लाग्ने र मलिलो जग्गामा खेति गरेर मानिसहरुले अफ्ठ्यारो ठाउँमा घर बनाउने गरेको देखिन्थ्यो । अहिले बाटो बनाउने र शहरिया बने अन्धदौडले गर्दा मलिला खेतहरु मासिदैछन् । भू–व्यवस्थापनका नीतिहरु बनाउँदा यी कुराहरुलाई मार्गदर्शन मान्न सकेमा खेतीयोग्य जमिनको संरक्षण गर्न र कृषि उत्पादनमा वृद्धि गर्न सकिनेछ ।

खानीको उपयोग

नेपालमा चुनढुंगा, गिट्टी बालुवा, कोइला, फलाम, तामा, म्याग्नेसाईट, अभ्रक लगायतका खानीहरु रहेका छन् । खानीहरुको खोजी र उत्खनन सही किसिमले हुन नसक्दा राज्यले लाभ लिन सकिरहेको छैन र खानीजन्य पदार्थहरु पनि विदेशबाट ल्याउनु परिरहेको छ । शक्तिको आडमा खानीको दोहन गर्ने र नियमसंगत खानी उत्खनन गर्दा रोक्ने दुबैथरी प्रवृत्ति नेपालमा देखिन्छ । नेपालका खानीहरुको उपयोग राष्ट्रिय हितमा गर्नु पर्दछ, यसको लागि खानीको उत्खनन र खनिजजन्य पदार्थको बिक्री गर्नु पर्छ । खानी भएको ठाउँमा बस्ती हुँदा खानीको प्रयोग गर्न नसकिने र खानी नजिक वा माथि बस्ती हँुदा बस्ती समेत जोखिममा पर्ने भएकोले बस्तीलाई उचित स्थानमा स्थानान्तरण गरेर भएपनि खानी चलाउनु जरुरी छ । यही कुरा पृथ्वीनारायण शाहको दिब्योपदेशमा उल्लेखित “खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि खानि चलाउनु …” भन्ने भनाईमा भेटिन्छ । खानीको उचित उपयोग र वस्ती व्यवस्थापनसंग सम्बन्धित नीतिहरु बनाउँदा यो उपदेशलाई मनन गर्नु जरुरी छ ।

पृथ्वीनारायण शाहले नेपाल बनाउने महान कार्यको सुरुवात गरेका मात्र हैनन् देश संचालनको निम्ति महत्वपूर्ण नीतिहरु पनि आफ्नो उपदेश मार्फत नेपालीहरुलाई दिएर गएका छन् । नेपाल एकीकरण र राज्य संचालनमा पृथ्वीनारायण शाहको ध्यान केन्द्रित भएकोले प्रत्यक्ष पर्यावरणीय मुद्दामा दिव्योपदेशमा धेरै कुरा भेटिदैनन् । तर उनले रामशाह, महेन्द्र मल्ल र जयस्थिति मल्लको थिति (नियम) को अध्ययन गरेको र १२ हजारको थिति बनाउने अभिलाषा राखेकोले उनी केही समय अझै बाँचेको भए राज्यले प्राकृतिक श्रोतको उपयोग र संरक्षण सम्बन्धि थुप्रै नीतिहरु पक्कैपनि प्राप्त गर्न सक्ने थियो । राज्य प्रशासन र सुरक्षामा नागरिक सहभागिता, स्वाधीन अर्थतन्त्र निर्माण, प्राकृतिक श्रोेतको व्यवस्थापन सन्दर्भमा अढाई शताब्दी अघिका यी उपदेशहरु नेपाल र नेपालीका लागि अहिले पनि मार्गदर्शक नै छन् । दिब्योपदेशमा भएका उपदेशहरुलाई समेटेर राज्यका नीतिहरु बनाउने र त्यसैको आधारमा राज्य संचालन गर्ने हो भने नेपाल स्वतन्त्र, समृद्ध, न्यायपूर्ण र समाबेशी देश बन्न सक्छ । बिदेशीको ईशारामा चल्न रुचाउनेहरुले वेवास्ता गरेपनि देशभक्त नेपालीहरुले यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?