Butwal Today

आगामी महाधिवेशनबारे छलफल गर्न काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

४ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते शुक्रबार बस्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्न लागेको जानकारी दिए ।

उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त बैठकमा उपस्थिति हुनका लागि काँग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?