Butwal Today

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जली

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली दिएका छन् ।

सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै दुःखद घडीमा दिवङ्गत पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।

दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?