Butwal Today

मतदान केन्द्र समावेशी बनाउन आवश्यक

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मतदान केन्द्र थप समावेशी बनाउन सुझाव दिएको छ ।

एफडब्लुएलडीले आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मतदान केन्द्रहरु थप लैङ्गिक, अपाङ्गता तथा समावेशी मैत्री बनाउन आवश्यक रहेको बताएको छ ।

एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले उक्त सुझाव दिएका हुन् ।

एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले मतदान हुनुअघि मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण विधि’बाट प्रतिवेदन तयार पारिएको जानकारी गराए ।

उनले सात प्रदेशका २४ जिल्लाका १६० मतदान केन्द्रको अवलोकन गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र बनाउनुपर्नेमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?