Butwal Today

स्याङ्जा २ मा रास्वपाका डुम्रे निर्वाचित

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

स्याङ्जा ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का झबिलाल डुम्रे निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गरे । साथै नेकपा ९एमाले० का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएका हुन् ।

कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?