Butwal Today

बाँके–१ बाट रास्वपाका सुरेश चौधरी फराकिलो मतान्तरसहित विजयी

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले ३२ हजार ६ सय ९२ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । विजयी चौधरी र गौडेलबीच १७ हजार ३९१ मतको ठुलो अन्तर रहेको छ ।

यसै निर्वाचन क्षेत्रमा दोस्रो पटक चुनावी मैदानमा उत्रिएका पूर्व सांसद तथा नेकपा एमालेका उम्मेदवार सूर्य प्रसाद ढकाल ११ हजार ९५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डेले ६ हजार ३३ मत प्राप्त गरेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार कृष्णा केसी (नमुना) ले १ हजार २४० मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेकी छन् ।

बाँके–१ मा रास्वपाका चौधरीले सुरुदेखि नै अग्रता कायम गर्दै अन्ततः फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?