© 2026
गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मीका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल (घण्टी) र गोविन्द पन्थीको अग्रस्थानमा देखिएका छन्। हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार दुवै क्षेत्रमा घण्टीको उल्लेख्य अग्रता छ ।
गुल्मी क्षेत्र नम्बर १
हालसम्मको मत परिणामअनुसार सागर ढकालले सबैभन्दा बढी मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
सागर ढकाल (घण्टी) – ३८१० मत
प्रदीप कुमार ज्ञवाली (सूर्य) – १६८१ मत
चन्द्रकान्त भण्डारी (रुख) – १६६१ मत
सुदर्शन बराल (तारा) – ११२० मत
बदर मत: २२९
गुल्मी क्षेत्र नम्बर २
गुल्मी–२ मा पनि रास्वपाका गोविन्द पन्थीकै अग्रता ।
गोबिन्द पन्थी (घण्टी) – ३४२८ मत
गोकर्ण विष्ट (सूर्य) – २७२१ मत
भुवन श्रेष्ठ (रुख) – २१७१ मत
श्रीराम महत (तारा) – ५९७ मत
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पछिल्ला अपडेटहरू आउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।