Butwal Today

रुपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

रुपन्देही ।

रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले चार हजार ६२०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बानियाँले चार हजार ५४८ प्राप्त गरेका छन् । यसैगरी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले एक हजार ६१९ मत प्राप्त गरेका छन् । यहाँ एक हजार ३५ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?