© 2026
झापा । झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् ।
यसै गरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा छन् । उनले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गरेका छन् ।