Butwal Today

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

ढोरपाटन (बागलुङ) ।

यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।

आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए । राना नेपाली काँग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुन् ।

उनले भने, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्त्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिन्न ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?