Butwal Today

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

मुगुमा कूल ३६ हजार ३१ मतदाता छन् । जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन् । कूल उम्मेदवार सात रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?