बुटवल । चेतनारायण आचार्यले अर्घाखाँचीमा मतदान गरेका छन् । उनले सन्धिखर्क नगरपालिका–९ रहिसचौरस्थित अर्घा रजस्थल माध्यमिक विद्यालय (क) केन्द्रमा पुगेर पहिलो मतदान गरे ।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकले मतदानमा सहभागी हुनुपर्ने बताए ।