Butwal Today

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-
बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन् ।
आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ बजेर ५ मिनेट मा पौडेलले मतदान गरे । पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन ।
पाँचौँ जितको खोजीमा रहेका पौडेलसँग प्रतिस्पर्धामा नेपाली काँग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विश्व दीप पाण्डे पनि उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?