© 2026
भैरहवा । रुपन्देही -३ मा स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ बस्ने ४८ वर्षिय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले यादव पक्राउ परेको पुष्टि गरेका छन ।
बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई बिहीबार सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको चन्दले बताए ।
चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोही बमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि विगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका यादवलाई आवश्यक कारबाही र फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा उपस्थित गराउन पठाइएको छ । यादव रुपन्देही -३ बाट आँप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए ।