© 2026
काठमाडौँ ।
प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ—आफ्नो जिल्लातर्फ मतदाता जाने क्रम जारी छ ।
निजी क्षेत्रको यातायात सेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशोधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीवाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए । रासस