Butwal Today

‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-
काठमाडौँ । 
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गरेकी छन् ।
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका  सरकार र सरोकार भएका पक्षसँग सहकार्य र सहयोगका लागि अनुरोध गरेकी हुन ।
आयुक्त तुलाधरले मुलुक निर्वाचनमय भइसकेको र सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरिन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?