Butwal Today

एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।w

लगभग एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृ भूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताए ।

चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । फर्किनेहरुमा स्वेच्छाले फर्केका र निर्वासितहरू समेत समावेश रहेको अफगानिस्तानका रेडियो टेलिभिजन लगायतका मिडियाले हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।

स्वदेश फर्केर, अस्थायी रूपमा शिविरमा बसेकाहरु सबैलाई अत्यावश्यक सहायता प्राप्त गरे पछि आ–आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक मिडियाहरुले जनाएका छन् ।

सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हाले पछि ८० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वेच्छाले छिमेकी राज्य र अन्य देशहरूबाट स्वदेश फर्केको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?