Butwal Today

पोखरामा हुने रास्वपाको चुनावी सभा स्थगित

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरामा आयोजना हुने तय भएको चुनावी सभा कार्यक्रम स्थगित गरिएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी हुन् ।

भैरहवामा शनिबार र पोखरामा आइतबार सम्बोधन कार्यक्रम तय गरिएको थियो । तर अन्तिम समयमा आएर दुवै स्थानका कार्यक्रम स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?