© 2026
काठमाडौँ ।
इजरायली दमन र कडा प्रतिबन्धका बाबजुद अल–अक्सा मस्जिद र यसको परिसरहरूमा रमजानको पवित्र महिनाको पहिलो दिनमा ६० हजार उपासकहरू तथा इसा र तारावीह प्रार्थनाकर्ताहरु भेला भएको जेरुसेलम इस्लामिक वक्फले रिपोर्ट गरेको छ ।
पवित्र सहर अल–अक्सा वरपरका सैन्य अवरोधहरू सफलतापूर्वक पार गरेका वेस्ट ब्याङ्कका बासिन्दाहरूसँगै तिनीहरू जेरुसेलमका विभिन्न स्थानहरू बाट आएको जनाइएको छ ।
स्थानीय स्रोतका अनुसार, कब्जा सैनिकहरूले प्रवेशमा अधिकतम प्रतिबन्ध लगाए भने युवाहरूलाई इसा र तरावीहको प्रार्थना अघि गेट अफ द चेन हुँदै अल–अक्सा पुग्नबाट रोकेका थिए । रासस