Butwal Today

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक: उपसभापति शर्मा

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

धरान (सुनसरी) ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन् ।

आज धरानमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राखे ।

उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको सङ्केतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए । समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाई थियो ।

उनले भने, “यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?