© 2026
चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बिचका प्रतिस्पर्धा भएको बताएका छन् ।
भरतपुर महानगरपालिका—१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आम मतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए । काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे । उनले भने, “हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ । यसमा जनताले साथ दिए ।”
पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति रहेको थियो । रासस