© 2026
न्युजिल्यान्ड ।
पछिल्लो समयमा भारी वर्षा र तीव्र हावाको साथ न्युजिल्यान्डमा आएको बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै धेरै समुदायहरू बिजुली विहीन भएको अधिकारीहरूले बताएका छन् ।
गत शुक्रबार देखि आएको गम्भीर आँधीले उत्तरी टापुमा आपत्कालीन अवस्था निम्त्याएको जनाउँदै वाई काटो क्षेत्रीय परिषद्ले एक सय वर्षको अवधिमा वर्षाले असामान्य बाढी र आँधी ल्याएको जनाएको छ ।
उत्तर टापुको ओटोरोहाङ्गा नजिकै आएको बाढीमा एउटा कार फसेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार साउथ आइल्यान्डको क्राइस्ट चर्चतर्फ अघि बढ्नु अघि सोमबार राजधानी वेलिङ्गटनमा पुगेको आँधीले देशभर त्रास जारी राखेको जनाइएको छ ।
ऊर्जा अपरेटर पावरकोले मङ्गलबार तल्लो नर्थ आइल्यान्डमा करिब १० हजार घर(परिवार बिजुली विहीन भएको बताए, भने अर्को बिजुली कम्पनी ओरियनले क्राइस्टचर्च बाहिर ब्याङ्क प्रायद्वीपमा २०० भन्दा बढी घरपरिवार बिजुलीविहीन भएको जनाएको छ ।
वेलिंग्टन नजिकै, वैरारापा टाउनसिप लेक फेरी सहरमा पुग्ने सडक बाढीले बगाए पछि आवत जावत बन्द भएको जनाएको छ ।
क्राइस्टचर्च बाहिरको अकारोआ सहर पनि मङ्गलबार बाढीको कारण क्षेतिग्रस्त भएको न्युजिल्यान्ड यातायात विभागले जनाएको छ ।
राष्ट्रिय मौसम विज्ञान विभाग मेटसर्विसले सोमबार वेलिङ्गटनमा आएको हावा सन् २०१३ पछिको सबै भन्दा शक्तिशाली हावा भएको बताएको छ ।
सहरमा आएको हावाको गति १९३ किलोमिटर प्रति घण्टाको रेकर्ड गरिएको मेटसर्विसले जनाएको छ ।