Butwal Today

परराष्ट्र मन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

परराष्ट्र मन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबिचको  सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

परराष्ट्र मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहने छन् । उनी यही फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?