Butwal Today

यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो—गगन थापा

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

 

सर्लाही ।

गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्व खोज्ने मतदाताका लागि नेपाली कांग्रेस नै विकल्प भएको बताएका छन् ।

सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेसले आफ्नो विरासत बोकेर नयाँ नीति र नयाँ नेतृत्वसहित अघि बढिरहेको छ ।”

उनले अब देशको भविष्य युवाहरूको काँधमा रहेको उल्लेख गर्दै युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए । “सधैँ अरूले भन्ने गर्थे, खै युवाहरू कहाँ छन् रु तर आज धनकौलमा विशेषगरी जेनजी पुस्ताका युवाहरू देख्दा निकै खुसी लागेको छ,” उनले भने । “उहाँहरूको विचार र क्षमताको म उच्च कदर गर्न चाहन्छु । अब देश हाँक्ने जिम्मा युवाकै हो ।”

थापाले मधेसको आधार बलियो बनाउन शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । तर त्यसका लागि राजनीतिक रूपमा सशक्त सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । “अहिले सर्लाहीसहित मधेसका जिल्लाहरूमा शिक्षा, स्वास्थ्य र सिँचाइँ मुख्य समस्या हुन् । यहाँको जग बलियो बनाउनुपर्छ । त्यसका लागि युवाहरूले आफ्नो परिवार र समुदायलाई कांग्रेसबारे बुझाउने भूमिका खेल्नुपर्छ,” उनले भने ।

उनले आगामी निर्वाचनका लागि तयार पारिने कांग्रेसको संकल्पपत्रमा सर्लाहीका माग र मुद्दाहरू समेट्ने तयारी भइरहेको जानकारी दिए । “सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा समेटियोस् भनेर म आजै काठमाडौं जाँदैछु । म फेरि आउनेछु,” उनले भने ।

थापाले नेपाली कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेको दाबी गर्दै नेतृत्वको अवसर दिन मतदातासँग आग्रह गरे । नेपाली कांग्रेस सँग ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार रहेको उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा देशभरका मतदातामा छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?