© 2026
काठमाडौँ, १६ माघ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ६५ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु ७ हजार ५०५ कायम भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस