© 2026
काठमाडौँ, १४ माघ ।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु .सात हजार ३०० कायम भएको छ ।
मङ्गलवार एक तोला छापावाल सुनको मूल्य रु .तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु. छ हजार ८७० कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस