Butwal Today

सुनको मूल्य इतिहासकै उच्च विन्दुमा

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो। यो हालसम्मकै सर्वाधिक मूल्य हो।

यसअघि आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो।

गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो भने त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। शुक्रबार मात्रै सुनको मूल्य एकैदिन तोलामा ९ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो।

शुक्रबार चाँदी तोलाको ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।