ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित

५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

बुटवल, ०५ माघ ।

सङ्घीय सरकारको स्वामित्वमा सुरु भएर करिब एक दशकदेखि अलपत्र परेको बेलबास–बेथरी सडक आयोजनाको निर्माण कार्य पुनः अघि बढ्ने भएको छ ।

सङ्घबाट लुम्बिनी प्रदेश सरकारमा आयोजना हस्तान्तरण भए पनि बजेट नआउँदा रोकिएको यो आयोजना अब १८ करोड रुपियाँ बजेट सुनिश्चित भएपछि अगाडि बढ्न लागेको हो ।

रुपन्देहीको उत्तरी क्षेत्र बुटवल उपमहानगरपालिकाको बेलबासदेखि दक्षिणतर्फ मायादेवी गाउँपालिकाको बेथरीसम्म फैलिएको २१ किलोमिटर लामो चार लेन सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो ।

तर, सङ्घीय सरकारले सुरु गरेको यो आयोजना बजेट अभाव, जग्गा विवाद र ठेकेदारको ढिलासुस्तीका कारण पटक–पटक अवरुद्ध हुँदै आएको थियो ।

सङ्घीय संरचना कार्यान्वयनसँगै सङ्घले सुरु गरेका मुख्य आयोजना प्रदेश सरकारमा हस्तान्तरण गरिए पनि आवश्यक बजेट नआउँदा बेलबास–बेथरी सडक अलपत्र परेको उदाहरण बनेको थियो । यस सडकलाई रुपन्देहीको ‘लाइफलाइन’ का रूपमा विकास गर्ने अवधारणाअनुसार उत्तर–दक्षिण जोड्ने डबल लेन सडक, बिचमा नहर तथा दुवैतर्फ आकर्षक सडक बत्ती जडान गर्ने योजना अघि सारिएको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा नेपालकै नमुना सडकका रूपमा अगाडि बढाइएको यो आयोजनामा दुवैतर्फ रङ्गिन बत्ती, नहरमा पानी बढाएर राफ्टिङ वा बोटिङसमेत सञ्चालन गर्ने महत्त्वाकाङ्क्षी योजना समावेश गरिएको छ ।

तर, बिचबिचमा निर्माण रोकिँदा सडक लामो समयदेखि अधुरो अवस्थामा रहँदै आएको छ । लामो समयदेखि अलपत्र परेको यस सडक अन्तर्गत मोतीपुर क्षेत्रको निर्माण कार्य अब अघि बढ्ने भएको छ ।

सङ्घीय अर्थ मन्त्रालयबाट प्रदेश सरकारको दायित्व भुक्तानी प्रयोजनका लागि बजेट ‘पिएलएमबिआइएस’ प्रणालीमा प्रविष्ट भइसकेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

मन्त्री ढकालका अनुसार सङ्घबाट प्रदेशमा बजेट आएपछि थप ठेक्का प्रक्रियामा जानु नपर्ने र यसअघि नै निर्माण थालेको बज्रगुरु–कान्छाराम जेभीलाई नै काम अघि बढाउने अख्तियारी दिइएको छ । उनले भने, “यो रुपन्देहीको गौरवको आयोजना हो ।

बजेट रोकिँदा समस्या आएको थियो । मुख्यमन्त्रीसहित धेरै पटक पहल गरेपछि अब काम अघि बढ्ने अवस्था बनेको छ ।” चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी दुई अर्ब ८० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

दक्षिणतर्फका दुई प्याकेजको काम सम्पन्न भइसके पनि उत्तरी खण्ड अझै पूरा हुन सकेको छैन । खास गरी बुटवल–बेतानी साढे आठ किलोमिटर सडक खण्डमा अझै करिब तीन किलोमिटर भाग कालोपत्रे हुन सकेको छैन ।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार जग्गा विवाद, बजेट अभाव र निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना अत्यधिक ढिला भएको हो ।

ढिलाइका कारण सुरुमा अनुमान गरिएको लागत बढेर तीन अर्ब ५० करोड रुपियाँ पुगेको छ । यो सडक आयोजना सुरुमा डिभिजन सडक कार्यालय बुटवलमार्फत अघि बढाइएको थियो ।

पछि सङ्घीय प्रणाली लागू भएपछि प्रदेश सरकार मातहत हस्तान्तरण हुँदै कपिलवस्तु र हाल रुपन्देहीस्थित सडक पूर्वाधार विकास कार्यालयले जिम्मेवारी सम्हाल्दै आएको छ ।

बुटवलबाट लुम्बिनी जान थप सहज र पर्यटकीय मार्गका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष २०७२÷७३ मा सुरु गरिएको बेलबास–बेथरी पर्यटन मार्ग तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?